विराटचाेक: साइकल र साहित्य फरक विधा भए पनि माेरङकाे सुन्दरहरैँचामा सुन्दरहरैँचा साइकल राइडर्स ग्रुपले भब्य साहितिक कार्यक्रम सम्पन्न गरेकाे छ । स्वास्थ्य खेलकुद सङ्गै कला साहित्य क्षेत्रका माध्यमबाट मनाेरन्जन प्रदान गर्न बृहत् गजल महफिलकाे पाँचौ शृङ्खला कार्यक्रम सम्पन्न भएकाे हाे ।
शनिबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा आयोजित गजल महफिलमा सुनसरीका गजलकार राज भट्टराई , अछामका लक्ष्मण सङ्गम , कास्कीका विनाेद परिवर्तित , काठमाडौंका विमला दाहाल रहेका थिए ।

चार जना गजलकारले तीन तीन चरणमा आ –आफ्ना चर्चित गजल वाचन गरेका थिए । गजलकारले गजलहरू वाचन गर्दा दर्शकहरुले तालीद्वारा स्वागत गर्दै जाेडदार हुटिङ सहित खुलेर गजलमा रमेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि बैरागी घिमिरेले माेफसलमा गजल पारखीलाई लक्षित गरेर साहित्य कलाकाे विकास गर्ने उदेश्यका साथमा गजल महफिल आयाेजना गरिएको बताउनुभयो ।

यस्तै किशोर काेईरालाद्वारा लिखित पुस्तक “शीतकाे ताप”का विषयमा चर्चा समेत भएको थियाे ।
गजल महफिल कार्यक्रममा पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथी रहनुभएकाे थियो । विशिष्ट अतिथिमा समाजसेवी सुरेन्द्र बहादुर थापा, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, अतिथि नझरेका फूलहरूका प्रस्ताेता केपी घिमिरे लगायत रहनुभएकाे थियो ।
कार्यक्रममा विराटनगर, धरान , बेलबारी ,केराबारी ,लेटाङ ,इटहरी , झापा लगायत क्षेत्रकाट स्रष्टा सर्जकहरूको उपस्थिति रहेको थियो ।
आयाेजक राइडर्स ग्रुपका अध्यक्ष खेमराज दाहालकाे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने युवा नेतृ शान्ति गुरूङ पाख्रिनले गर्नुभएको थियो । भने राइडर्सकाे तर्फबाट गजलकार यादव भट्टराईले संयाेजन गर्नुभएको थियो ।