विराटचाेक: माेरङकाे सुन्दरहरैँचामा (बिकेएस) डबल डान्स प्रतियोगिता सम्पन्न भएको छ । विराटकला समूहकाे आयाेजनामा प्रतियोगिता भएको थियो । विभिन्न चरण पारगर्दै बुधबार फाइनल प्रतिस्पर्धा वडा नम्बर १० मा रहेको पानस पार्टी प्यालेसमा भएको थियो ।

फाइनलमा १५ समूहले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । जसमा प्रथम सुरज ल्वागुन र डेनी मगर भएका छन् । यस्तै दोस्रो कामना श्रेष्ठ र स्वस्तिका तिम्सिना भएका छन् भने तेस्रो लेडिस्का ओझा र शिक्षा खनाल हुन सफल भएको विराटकला समूहका नृत्य निर्देशक सन्ताेष मगरले बताउनुभयाे ।


प्रथम , दाेस्राे र तेस्रो हुने बिजेतालाई क्रमशः १० हजार, ८ हजार र ५ हजार सहित मेडल ट्रिफि र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताकाे निर्णायकमा झापाका अन्जली माझी र भानु चहार रहनुभएकाे थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ रहनुभएकाे थियो । उहाँले याे संस्थाले विगत देखि नृत्य र कलाकाे क्षेत्र उल्लेख्य काम गरेकाे र राष्ट्रिय स्तरमा कलाकार जन्माउन सफल भएको भन्दै चर्चा गर्नुभएको थियो । यस्तै राज्यले पनि यसलाई ध्यान दिन र सहयोग गर्नुपर्नेमा उनकाे जाेड थियाे । कार्यक्रम बाेल्दै उहाँले आगामी दिनमा स्थानीय सरकारबाट गर्नुपर्ने सहयोगमा साथ रहने समेत बताउनुभयो ।

कार्यक्रममा बाेल्दै निर्देशक मगरले काेशी प्रदेशमै पहिलो पटक याे भिन्न प्रकृतिकाे प्रतियोगिता आयाेजना गरिएको बताउनुभयाे । विराटकला पुरानाे संस्था भएको बताउदै यसलाई अझ उचाइमा पुर्याउन सबैकाे सहयाेग आवश्यक रहेकाे समेत बताउनुभयाे ।
संस्थाका सहसचिव खगेन्द्र रिजालले कार्यक्रम माथि प्रकाश पार्नुभएकाे थियो । कार्यक्रममा भानु साझ पुस्तकालयका अध्यक्ष पुरन राई, इन्द्रपुर जेसीजका अध्यक्ष उत्सव थापा, एनप्याब्सन काेशी प्रदेश कमिटी सहसचिव कमल खनाल, चित्रकला प्रशिक्षक भिम अधिकारी लगायत विभिन्न जिल्लाबाट नृत्य निर्देशककाे उपस्थिति रहेको थियो ।
कार्यक्रम विराटकला समूहका वरिष्ठ नृत्य निर्देशक राजु बस्नेतकाे सभापतित्वमा भएको थियाे भने सञ्चालन नझरेका फूलहरूका प्रस्ताेता केपी घिमिरेले गर्नुभएको थियो ।