विराटचोक, मोरङको सुन्दरहरैंचास्थित विराटचोक बजारमा विदेश अध्ययनका इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै ‘डेस्टिनेशन एजुकेसन भिजा एण्ड सर्भिसेस’ सञ्चालनमा आएको छ।

साे सर्भिसेसका सञ्चालक रूपेश भट्टराईका अनुसार अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका, युके लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो परामर्श केन्द्र उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ। “पछिल्ला वर्षहरूमा यी मुलुकहरूमा अध्ययनका लागि जाने युवाको संख्या उल्लेख्य रूपमा बढेको छ। तर, भरपर्दो परामर्श केन्द्र अभावका कारण धेरै विद्यार्थी समस्यामा पर्ने गरेका छन्,” सञ्चालक भट्टराईले बताए।

उनका अनुसार डेस्टिनेशन एजुकेसनले विद्यार्थीहरूलाई अध्ययनसँगै उचित परामर्श, कागजात तयारी तथा आवश्यक सीप प्रदान गर्ने लक्ष्य लिएको छ। “विद्यार्थीहरूलाई सहज रूपमा विदेश पठाउने उद्देश्यले व्यावसायिक परामर्श सेवा उपलब्ध गराइनेछ,” उनले थपे।

संस्थाको औपचारिक उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद ढकालले रिवन काटेर गर्नुभएको थियो। नौ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका भट्टराईको अनुभवले अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई थप सहज हुने अपेक्षा गरिएको छ। डेस्टिनेशन एजुकेसनको व्यवस्थापन जिम्मेवारी अनिल श्रेष्ठले सम्हाल्ने छन्।
