विराटचाेक: सुन्दरहरैंचा नगरपालिका १० स्थित विराटचोकमा विराट फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त सेन्टरको शनिबार उद्घाटन गर्नुभएको छ । आधुनिक मेसिनद्वारा विशेषज्ञ फिजियोथेरापीष्टबाट अर्थोपेडिक फिजियोथेरापी, न्युरो फिजियोथेरापीको सेवा दैनिक रुपमा उपलब्ध हुने बताइएको छ ।
अरनिको अस्पताल उर्लाबारी, पथरी नगर अस्पताल र इटहरीमा रहेको अन्नपूर्ण फिजियोथेरापी सेन्टरको सफल उपचार पछि विराटचोकमा अर्को शाखा बिस्तार गरी गुणस्तरिय सेवा दिन लागिएको साथै आफुले पनि सेवा दिने सेन्टरका सञ्चालक उपेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
