विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले नसर्ने रोग तथा मानसिक स्वास्थ्य साक्षरता अभियान २०८२ को औपचारिक शुभारम्भ गरेको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा स्वस्थ्यमन्त्री लिम्बूले नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता भएको बताए। उनले जीवनशैलीमा सुधार, नियमित स्वास्थ्य परीक्षण र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सबै नागरिकलाई आग्रह गरे।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित सुरु गरिएको अभियानले समुदायस्तरमै सचेतना फैलाउने लक्ष्य लिएको छ। कोशि प्रदेशका मुख्यमन्त्री हिक्मत कार्किको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको आयोजनामा सुरु गरिएको यो अभियानले आगामी दिनमा प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्दै नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी सन्देश आम नागरिकसम्म पुर्याउने जनाइएको छ। कार्यक्रममा ब्लड प्रेसर,सुगरप्रेसर लगायत स्वास्थ्य परिक्षण गरिएको थियो ।




