फिचर समाचार सूचना प्रबिधि

विराटनगर महानगरकाे एफएम प्रसारण सुरु

तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम रेडियो नेपालबाट विराटनगर महानगर एफएमको प्रसारण आरम्भ भएको छ । १०३ मेघाहर्जमा भाद्र–१५ गतेबाट महानगर एफएमले विधिवत् रुपमा प्रसारण आरम्भ गरेको हो ।

बिहान ११ बजेर ५ मिनेटदेखि दिउँसो २ बजेसम्म महानगर एफ प्रसारण भइरहेको तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामका कार्यालय प्रमुख बलराम चौधरीले जानकारी दिनुभयो । विराटनगर–४ खार्जी स्थित सञ्चार ग्रामबाट प्रसारण भइरहेको महानगर एफएम अहिले परिक्षण प्रसारणको रुपमा रहेको र असोजको पहिलो हप्तादेखि नियमित रुपमा समाचार तथा विभिन्न कार्यक्रम प्रसारण हुने उहाँले बताउनुभयो ।

महानगर सम्बन्धी गतिविधि, महानगरमा भइरहेका विकास निर्माण, महानगरले दिने सेवा साथै महानगरवासीको समस्या समाधानबारे बहस, छलफल, संवाद साथै समाचारमूलक कार्यक्रम प्रसारण गर्ने तयारी भइरहेको महानगर एफएमका कार्यक्रम अधिकृत नयराज नेपालले बताउनुभयो । तारिणी प्रसाद कोइराला स्मृत सञ्चार ग्राम सञ्चालक समितिको बैठकले सञ्चार ग्रामबाट महानगर एफएम प्रसारण आरम्भ गर्ने निर्णय गरेसँगै प्रसारण आरम्भ भएको हो ।