खेलकुद खेलकुद फिचर समाचार स्थानिय

विराट भेट्रान अन्तर्राष्ट्रिय गाेल्डकपमा झापाकाे विजयी शुरूवात : आज आयाेजक बि. र उर्लाबारी भिडने

माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताकाे उदघाटन खेलमा एन.आर सि. भेट्रान सिक्किम (भारत) लाई एक गाेलका विरूद्व ६ गोलकाे अन्तरले पछि पार्दै दुधे भेट्रान झापाले विजयी सुरूवात गरेको छ ।

नगरकाे सुकुना खेल मैदानमा विराट भेट्रानद्वारा आयाेजित प्रतियाेगितामा सिक्किम (भारत) लाई पछि पार्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । कडा प्रतिष्पर्दा पूर्ण खेलमा झापाकाे तर्फबाट जर्सि न. ७ का खेलाडी हर्क तामाङले सानदार रूपमा एक्लै चार गाेल गर्न सफल भए । उनले पहिलाे हापकाे २२ मिनेट, दाेस्रो हापकाे ५ , १६ र ३० मिनेट पछिकाे अतिरिक्त समयमा गाेल गरि टिमलाई अघि बढाएका थिए । साथै झापाकाे तर्फबाट सुवास लिम्बूले खेलकाे २८ अाै मिनेट तथा बलबहादुर लिम्बूले दाेस्रो हापकाे ३० अाै मिनेटमा जाली चुमाउँदै टिमको जित भारी गाेलका साथमा निश्चित गराएका थिए ।

साथै सिक्किम भारतका खेलाडी रमेश क्षत्रीले दाेस्रो हापकाे २८ अाै मिनेटमा गाेल गरेर आफ्नाे टिमलाई शुन्य गाेल हुनबाट जाेगाएका थिए । उपयुक्त सिपबाट जवाफी गोल फर्काउन नसक्दा पाहुना टाेली भारत विदेशी मैदानमा पहिलो उदघाटन खेलबाटै बाहिरिन बाध्य भयाे । उसले विदाइकाे हात हल्लाउँदै घर तर्फ फर्कियाे । मध्यान्तरपछि अझ सुधारिएको प्रदर्शनमा झापाले आफ्नो पक्षमा थप नजिता निकाल्न सफल भएको थियाे । स्वदेशी तथा विदेशी खेलाडीले भरिपूर्ण दुवै टिमको राेचक प्रतिष्पर्दामा स्वदेशी टाेली झापाले पाहुना टाेली सिक्किमलाई खेल अबधि भरि कडा दवाफमा राखेको थियाे । माघ महिनाकाे चिसाे माैसमकाे प्रवाह नगरी खेलाडीले देखाएको खेलकाे काैशलले सुन्दरहरैँचाकाे माहाेल फुटबलमय बनेर तातेकाे थियाे ।

भारतले धेरै पटक गाेल लगाउँने सुनाैलाे अवसर पाए पनि खेलाडी बिचकाे उपयुक्त तालमेल नमिल्दा सेमिफाइनलकाे अवसरबाट पछि परेको हाे ।

खेलको म्यान अफ दी म्याच झापा जर्सी न. ७ का खेलाडी हर्क तामाङ घोषित भए। उनले नगद पुरस्कार पाए। आगामी माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर दश वटा टिमको सहभागिता रहेको छ । गाेल्डकप प्रतियाेगितामा एन.आर .सि भेट्रान सिक्किम (भारत) , दुधे भेट्रान झापा , मिल्स भेट्रान विराटनगर , हाम्रो धरान भेट्रान सुनसरी , विराट भेट्रान आयाेजककाे सहभागिता रहेको छ । साथै उर्लाबारी भेट्रान, घुम दार्जिलिङ भारत , राजारानी भेट्रान धनकुटा तथा पूर्वेली भेट्रान बिर्तामोड झापा लगायत गोल्डकपकाे खेल मैदानमा प्रतिष्पर्दा गर्ने छन् ।

अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईले उदघाटन गरेका थिए । उनले प्रतियाेगिता सुन्दरहरैँचाको गाैरव भएकाेले गाेल्डकपलाई नगरले समेत सकारात्मक रूपमा हेरेको उल्लेख गर्दै खेल र खेलाडीकाे सम्मानका लागि सम्बन्धित सबैले ध्यान दिनु पर्ने बताए ।

प्रतियोगिताको उपाधि भने गत बर्षमा सशस्त्र प्रहरी बल एपीएफ काठमाडौँले उचालेकाे थियाे। राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियाे। प्रतियाेगिता सञ्चालनका लागि सुन्दरहरैँचा नगरपालिका मुख्य सहयाेगी तथा जिल्ला फुटबल संघ मोरङ सहयाेगकर्ता रहेको छ। प्रतियोगिताको विजेता टिमले रू १ लाख तथा उपविजेताले रू ५० हजार नगदका साथमा ट्रफि र प्रमाणपत्र पुरस्कार पाउँने आयाेजक क्लबका अध्यक्ष दिपक भण्डारीले जानकारी दिए ।

आयाेजक गाेल्डकपका आर्थिक संयाेजक दुर्गाकुमार श्रेष्ठले स्वास्थ्य तथा राष्ट्रका लागि खेलकुद आवश्यक हुने हुँदा प्रतियोगिता सञ्चालनका लागि रू १० लाख ७० हजार अनुमानित खर्च लाग्ने जानकारी दिए ।उनले आइतवारकाे खेल विराट भेट्रान आयाेजक बि. तथा उर्लाबारी भेट्रान बिच हुने उल्लेख गरे ।