Uncategorized फिचर समाचार

शिसाैली बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न

विराटचाेक : शिसाैली बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । साे संस्थाकाे १० अाैँ वार्षिक साधारणसभा शनिबार बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा संस्थाका अध्यक्ष केदारप्रसाद प्रसाईंको अध्यक्षतामा सम्पन्न भएको हाे ।

सभामा संस्थाका अध्यक्ष प्रसाईंले वार्षिक कार्यप्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । यसैगरी संस्थाकि सचिव तारा खतिवडाले २०७९/८० काे प्रगति विवरणका साथै २०८०/८१ काे वार्षिक लक्ष्य संगै वित्तीय अवस्थाकाे बारेमा प्रतिवेदन पेश गरेकी थिईन् । १ सय ९७ शेयर सदस्य रहेको याे सहकारीको शेयर पुँजी १२ लाख ४० हजार रहेकाे छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका सहकारी शाखा प्रमुख विवेक चन्द्र कार्की रहेका थिए । कार्कीले बाेल्दै सहकारीकाे प्रगतिकालागि शुभकामना व्यक्त गरेका थिए ।
विशिष्ट अतिथि बेलबारी सहकारी सन्जालका अध्यक्ष दुर्गाप्रसाद गाैतमले सहकारीलाई स्थानीय सरकारले बेवास्ता गरेकाे बताए । उनले भने नगरपालिकामा रहेकाे सहकारी शाखामा सहकारी विज्ञलाई नियुक्ति गरेर मात्रै तमाम सहकारीका समस्यालाई बुझ्न र बुझाउन सक्ने जिकिर गरे । पछिल्लो समय सहकारी प्रति नागरिककाे गुनासो वितृष्णा बढ्दै गएकाले सहकारीले शेयर सदस्य मुखि कार्यक्रम गर्नुपर्ने बताए ।

संस्थाले विभिन्न व्यक्तिलाई पुरस्कार तथा सम्मान समेत गरेको छ । शेयर सदस्य मध्येका उत्कृष्ट जिपीए ल्याई कक्षा १२ मा उत्तीर्ण छात्रा जेनिशा बस्नेत र छात्र काैशल निराैलालाई सम्मान गरेकाे छ । असल ऋणि नमिता राई, गाेविन्द सुनारलाई पनि पुरस्कृत गरेको हाे । यसैगरी असल बचतकर्ता समीर गुरूङ, असल शेयर सदस्य मनमाया गुरूङलाई पनि सम्मान गरेकाे छ ।।

काेषाध्यक्ष ख्यामराज बरालले आर्थिक प्रगतिका बारेमा जानकारी सहित प्रतिवेदन पेश गरेका थिए । याे संस्था बेलबारी नगरपालिका वडा नम्बर १ मा रहेको छ । कार्यक्रम सञ्चालन संस्थाकि सचिव तारा खतिवडाले गरेकी थिईन् ।