फिचर समाचार स्थानिय

श्रीमतीको हत्या गरि श्रीमान् फरार

विराटचाेक:  मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं ५ स्थित गोर्खाली टोलमा आफनै श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन ।

४५ वर्षिय मनमाया तामाङ आफ्नै घरभित्र मृत अवस्थामा रहेको पाइएकाे वडा सदस्य घनश्याम घले गुरुङले जानकारी दिएका छन् । सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहाल नेतृत्वले घटनाको अनुसन्धान थालेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानले निजको श्रीमान वर्ष ५० को पदम बहादुर तामाङले बुधबार राती हत्या गरी फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । फरार तामाङकाे खाेजिकार्य भईरहेकाे प्रहरीले जनाएको छ ।