कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

श्री इन्द्रपुर इङ्लिस स्कुलले लियो एनप्याब्सनको सदस्यता

विराटचोक: मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको श्री इन्द्रपुर इङ्लिस स्कुलले नेसनल प्याब्सन (एनप्याब्सन) को सदस्यता लिएको छ। सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश सहसचिव कमल खनाल र मोरङ जिल्ला अध्यक्ष नारायण ढकालले प्रिन्सिपल खम्बसिंह बस्नेतलाई सो सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए। नेसनल केन्द्रीय समिति अध्यक्ष पाण्डव हमाल ठकुरी र     महासचिव पारसमणी दाहालद्वारा हस्ताक्षर गरिएकाे साे प्रमाणपत्र प्रदान गरिएको हाे ।

सो अवसरमा बोल्दै प्रिन्सिपल बस्नेतले यस संस्थामा रहेर विद्यालयका बालबालिकाको नैसर्गिक अधिकार पढाइका साथै अतिरिक्त क्रियाकलापमा जोड दिने विषयमा भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यो एनप्याब्सनमा धेरै युवा राम्रो क्षमता भएका साथीहरू हुनुहुन्छ। उहाँहरूसँग बसेर काम गर्ने इच्छा लागेर नै सदस्यता लिएको हो।”

कार्यक्रममा मोरङ जिल्ला अध्यक्ष नारायण ढकालले श्री इन्द्रपुर स्कूल एनप्याब्सनको सदस्य भएकाले अब सल्लाह सुझाव लिँदै अनुभवी प्रिन्सिपल भएकोले हातमा हात मिलाएर विद्यार्थी-लक्षित विभिन्न कार्यक्रम गर्ने बताउनुभयो। मोरङ जिल्लामा १ सय १० विद्यालय एनप्याब्सनमा आबद्ध भएका छन्।

विशेष गरी विद्यार्थीहरूबीच खेलकुद, साहित्य, कला, गीत, संगीत लगायतका विभिन्न कार्यक्रममा प्रतिस्पर्धा गराइने गरिन्छ। कार्यक्रममा सुन्दरहरैंचा एवप्याब्सन सचिव इश्वर ओझा समेतको उपस्थिति रहेको थियो।