फिचर समाचार स्थानिय

श्री सहकारी संस्था हरैँचा तथा रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न: नयाँ कार्यसमिति चयन

विराटचोक: मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० मा रहेको श्री सहकारी संस्था लिमिटेड हरैँचाको ३३ औं तथा रेडियो सुसेलीको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

शनिबार संस्थाको सभाहलमा आयोजित साधारणसभाबाट रमेश खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। उपाध्यक्षमा नवराज चापागाईं, जिल्ला संघ प्रतिनिधिमा गोकुल तिम्सिना, र सदस्यहरूमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, राम अवतार ठाकुर, सुरेन्द्रबहादुर थापा, अनुरोध साह र मुना मैनाली रहेका छन्। त्यसैगरी लेखा समितिमा रामप्रसाद गजुरेलको संयोजकत्वमा ३ सदस्यीय कार्यसमिति गठन भएको छ। सदस्यहरूमा लोकेन्द्र दाहाल र बिना सुवेदी रहेका छन्।

श्री सहकारी संस्था लिमिटेड हरैँचा २०२४ सालमा स्थापना भई तत्कालीन समयमा नुन, तेल, ग्यास र उत्पादनसम्मको सम्पूर्ण गतिविधि गर्न सफल रहेको थियो। कुशल व्यवस्थापन र ग्रामीण जनताको जीवनस्तर उकास्न तत्कालीन सरकारले २०३३ सालबाट कृषि विकास बैंक मार्फत कृषि ऋण प्रवाह गर्दै यस क्षेत्रको उत्पादन वृद्धिमा योगदान दिएको थियो।

२०६६ सालमा सञ्चारको आवश्यकता ठहर गरी रेडियो सुसेली स्थापना गरिएको थियो। निर्वाचित सञ्चालक समितिले दुवै संस्थाको गरिमालाई बचाइराख्दै संस्थासँग भएका चुनौतीहरूलाई चिर्दै जानु मुख्य लक्ष्य रहेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्यमन्त्री राजकुमार ओझा, विशिष्ट अतिथिमा पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, पूर्व नगर उपप्रमुख धनमाया तामाङ लगायतको उपस्थिति रहेको थियो। निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक कृष्णप्रसाद रिजालले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।