भिडियो मनोरंजन/कला साहित्य समाचार

संखुवासभाको पहिचान झल्किने गीतको भिडियोमा रेखा र बादल फिचर्ड

इटहरी: संखुवासभा जिल्लालाई म्युजिक भिडियोको माध्यमबाट चिनाउने उद्देश्य सहित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संखुवासभा सोसाइटी युकेको लगानिमा बनेको हेर्दा राम्रो सार्है राम्रो संखुवासभा बोलको उक्त म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको हो । संखुवासभाको पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऎतिहासिक स्थललाई आकर्षक ढङ्गले गीत तथा भिडियो मार्फत चित्रण गर्न खोजिएको यो गीतका लेखक पुर्ण लिम्बुले जानकारी गराए ।

यहि श्रावण २७ गते युके र संखुवासभामा एकसाथ कार्यक्रम गरि म्युजिक भिडियोलाई कोशी भिजन नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यो गीत तयार गर्नलाई नै लामो समय लागेको र छायांकनका बेला पनि निकै मेहनत गरेको उनको भनाइ छ । यो गीतमा सुनिएका स्वर र देखिएका कलाकारहरु सबै संखुवासभाकै रहेका छन् । गीतका लेखक लिम्बुसंग चर्चित गायिका मिलन नेवारले गायनमा साथ दिएकी छन् । गीतमा प्रेम कृष्ण बजगाईको संगीत तथा राजु कार्कीको एरेन्ज रहेको छ ।

किङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा रेखा फागो र बादल श्रेष्ठलाई फिचर्ड गरिएको छ । यस्तै मनिषा वानेम र साजन राई पनि भिडियोमा फिचर्ड छन् भने अतिथि कलाकारको रुपमा दिनेश कोइरालालाई भिडियोमा प्रस्तुत गरिएको छ । सुमन तामाङले निर्देशन तथा छायांकन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन् । कोशी भिजन इटहरीमा पोस्ट प्रोडक्सन भएको भिडियोमा संखुवासभाको चैनपुरमा रहेको सिजल डान्स सेन्टरले कोरस डान्स गरेको छ ।

46 thoughts on “संखुवासभाको पहिचान झल्किने गीतको भिडियोमा रेखा र बादल फिचर्ड

  1. Everyday practice shows that the new model of organizational activity requires an analysis of efforts. Preliminary conclusions are disappointing: semantic analysis of external oppositions, as well as a fresh look at the usual things – certainly opens up new horizons for new offers.

  2. But interactive prototypes are ambiguous and will be declared violating universal human and moral standards. Each of us understands the obvious thing: an understanding of the essence of resource -saving technologies, in our classical representation, allows the introduction of the economic feasibility of decisions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *