कोशी प्रदेश राजनीति समाचार

संखुवासभा भएको कैदीबन्दी मृत्यू घटनामा सम्लग्नलाई कारबाही गर्न प्रदेशसभा सदस्य लिङ्थेपकाे माग

इटहरी कोशी प्रदेशसभा सदस्य विदुर लिंथेपले संखुवासभा कारागारमा भएको कैदीबन्दी मृत्यू घटनाले दुखी बनाएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रदेशसभाको शुन्य समयमा बोल्दै उनले अपराधिलाई तत्काल कारबाही गरी पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

गएको २४ गते बुधवार जिल्ला कारागार सङ्खुवासभामा कैद सजाय भुक्तान गरिरहेका मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट ज्यान गएको थियो ।

यस्तै उनले केही महिनाअघि संखुवासभामा आएको बाढी पहिरोबाट पीडित बनेकाहरुलाई सरकारले वेवास्ता गरेको आरोप लगाउँदै राहत उपलब्ध गराउन समेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *