इटहरी कोशी प्रदेशसभा सदस्य विदुर लिंथेपले संखुवासभा कारागारमा भएको कैदीबन्दी मृत्यू घटनाले दुखी बनाएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रदेशसभाको शुन्य समयमा बोल्दै उनले अपराधिलाई तत्काल कारबाही गरी पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
गएको २४ गते बुधवार जिल्ला कारागार सङ्खुवासभामा कैद सजाय भुक्तान गरिरहेका मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट ज्यान गएको थियो ।
यस्तै उनले केही महिनाअघि संखुवासभामा आएको बाढी पहिरोबाट पीडित बनेकाहरुलाई सरकारले वेवास्ता गरेको आरोप लगाउँदै राहत उपलब्ध गराउन समेत माग गरेका छन् ।
buy sildenafil tablets – cialis 20mg without prescription tadalafil 10mg brand