फिचर समाचार

संविधान दिवसका अवसरमा रक्तदान कार्यक्रम

विराटचाेक संविधान दिवसको अवसरमा माेरङकाे सुन्दरहरैंचा ८ स्थित सलकपुर बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुन्दरहरैंचा नगर कमिटीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हाे । उक्त रक्तदान कार्यक्रममा ८४ पिन्ट रगत संकलन भएको आयाेजकले जनाएकाे छ । अस्पतालहरुमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको नगरअध्यक्ष दुष्यान्त भट्टराईले जानकारी दिए ।