विराटचाेक: माेरङकाे सुन्दरहरैँचामा रहेको एकता मिडिया प्रा.लि. द्वारा संचालित रेडियो सुसेलीकाे साधारणसभा सम्पन्न भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा शनिबार तेह्राैँ साधारणसभा सम्पन्न भएको हाे ।
संस्थाका अध्यक्ष रमेश खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ रहेका थिए ।
पछिल्लो समय रेडियोकाे अवस्थाका खस्किदै गएकाले याे क्षेत्रकाे गहनाकाे रूपमा रहेकाे संस्थालाई बचाएर जानुपर्ने विभिन्न वक्ताहरूले धारणा राखेका थिए ।
यस्तै नगरप्रमुख गुरागाईँले पत्रकारीता निष्पक्ष मर्यादित हुनुपर्ने बताए । यश ठाउँको विकास, खाेजमुलक, अनुसन्धान मुलक विषयलाई उठाउनुपर्ने बताए ।
राज्यको चौथौं अङ्गकाे रुपमा रहेका मिडियाकर्मीले आचारसंहितामा ध्यानदिनुपर्नेमा जाेड दिए । यस्तै उनले पत्रकार हो कि आन्दोलनकारी छुट्याउन गाह्रो भएको भन्दै पत्रकारलाई आन्दोलनकारीकै संज्ञा दिए । केही महिना अघि करकाे विषयमा आन्दोलननै भएको थियो ।
कमजोरीलाई मात्रा उठान गरेको र लाईक र कमेन्टलाई बढी ध्यान दिएकोमा पत्रकारमाथि खराे रूपमा प्रस्तुत भएका छन् । अबको पत्रकारिता सृजनशीलता हुनु पर्ने कुरामा समेत नगरप्रमुखले जोड दिए ।
रेडियो सुसेली र सुधाशु बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ । सभामा वार्षिक प्रगति विवरण, आयव्यय संस्थाका अध्यक्ष खड्काले प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व मन्त्री राजकुमार ओझा, पूर्व मेयर शिवप्रसाद ढकाल, संस्थापक अध्यक्ष भाेलेश्वर दुलाल, इन्द्रपुर खानेपानीका अध्यक्ष नवराज चापागाईं लगायतकाे सहभागीता रहेको थियो ।