समाचार

सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री शुरु


विराटचोकः सन् नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ । यसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता शेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्ने बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले जनाएको छ ।

38 thoughts on “सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री शुरु

  1. Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  2. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  3. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *