फिचर समाचार स्थानिय

सलकपुरमा लैंगिक हिंसा र सहकारी सम्बन्धि कानूनी परामर्श तालिम सम्पन्न

इलाम/  इलाम जिल्लाको रोङ गाउँपालिका  ६ सलकपुरमा वडाका सहकारी संस्थाका सदस्य, स्थानीय महिला एवं मेलमिलापकर्ताका लागि लैंगिक हिंसा र सहकारी सम्बन्धी कानूनी परामर्श तालिम सम्पन्न भएको छ।

कारितास नेपालको आयोजनामा माघ १६ र १७ गते सञ्चालित दुई दिवसीय तालिममा अधिवक्ता सानु कार्की बस्नेत “सिता”ले प्रमुख प्रशिक्षक एवं सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।

प्रशिक्षक बस्नेतका अनुसार तालिममा लैंगिक हिंसा र कानुनी उपचारका साथै सहकारी संस्थामा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरिएको थियो।

तालिममा रोङ गाउँपालिका वडा नं. ६ सलकपुरका सहकारी महिला सदस्य र महिला समाजसेवी गरी २५ जनाको सहभागिता रहेको थियो। कारितास नेपालले विगत १० वर्षदेखि इलाम र झापा जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।