विराटचाेक माेरङकाे सुन्दरहरैंचा ८ मा रहेकाे सलकपुर बचत तथा ऋण सहकारी संस्था लि. को तेश्रो साधारणसभा सम्पन्न भएको छ । बुधबार सलकपुर सामुदायिक वनको सभाहलमा संस्थाको तेश्रो साधारणसभा सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि जिल्ला वचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष एकराज निराैला रहेका थिए । १ हजार ५ सय ३२ जना शेयर सदस्य रहेको सहकारीको पूँजि परिचालनको अवस्था १६ करोड भन्दा बढी रहेको छ । ग्रामिण क्षेत्रमा सञ्चालित यस संस्थाले सदस्यहरुको सानो–सानो आर्थिक समस्यालाई समाधानगर्न सफल रहेको छ ।
