कृषि-बातावरण फिचर समाचार स्थानिय

सव डिभिजन सलकपुर स्तरीय सामुदायिक वनकाे याेजना तर्जुमा गाेष्ठी 

विराटचाेक:  सव डिभिजन स्तरीय सामुदायिक वनकाे याेजना तर्जुमा गाेष्ठी सम्पन्न भएको छ ।  बुधबार डिभिजन वन कार्यालय माेरङकाे आयाेजना तथा सव डिभिजन कार्यालय सलकपुरकाे संयाेजनमा सुन्दरहरैँचा १० स्थित सुकुना सामुदायिक वन उपभोक्ता समूहकाे सभाहलमा कार्यक्रम भएको हाे ।  आव २०८१/८२ काे कार्यक्रम याेजना तर्जुमा गर्न वन समूहलाई सजिलो हाेस् भन्ने उदेश्य सहित याे कार्यक्रम आयाेजना गरिएकाे हाे ।

गाेष्ठीमा सव डिभिजन सलकपुरकाे कार्यक्षेत्र भित्र पर्ने ७ वटा सामुदायिक वन र एउटा साझेदारी वनका अध्यक्ष, कर्मचारी, तथा पदाधिकारीकाे सहभागीता रहेको थियोे । 

 सहभागीलाई सहजीकरण गर्दै प्रमुख अतिथि सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गाेपाल दहालले अन्तर सामुदायिक वन बिच छलफलबाट आगामी आर्थिक वर्षकालागी नयाँ र उदाहरणीय कार्यक्रम ल्याउन गाेष्ठीले सजिलो हुने बताउनुभयो ।

उहाँले संस्थाकाे आम्दानीकाे आधारमा कार्यक्रम बनाउनुपर्ने बताउँदै २५ प्रतिशत वन संरक्षणमा खर्च गर्नुपर्ने कानुनी आधार भएको र गरिबी निरूपण, स्वराेजगार क्षेत्रमा समेत कार्यक्रम बनाउनुपर्ने जनाउनु भयाे । यसका साथै वन ऐन, नियमावली अनुसार समयमै आफ्ना याेजना र कार्यक्रम ल्याउनुपर्ने प्रमुख दहालले बताउनुभयाे 

अन्तरक्रियामा वन डढेलाे, वन्यजन्तु संरक्षण जस्ता क्षेत्रमा समेत काम गर्नुपर्ने उहाँकाे भनाई थियाे । वन्यजन्तु पछिल्लो समय बस्तीमा आउने गरेको भन्दै यसलाई राेक्न वनमा फलफूलका बिरुवा राेप्न सबैले कार्यक्रम ल्याउनु पर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रम सुकुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसी रिमालकाे अध्यक्षतामा भएको थियो । भने कार्यक्रम सञ्चालन रेन्जर विजय प्रजाले गर्नुभएको थियो ।