विराटचाेक: माेरङ जिल्लामै विराटनगर पछिकाे सबैभन्दा धेरै सहकारी भएको सुन्दरहरैँचा नगरपालिका हाे ।
याे नगरपालिकामै रहेको पुष्पदर्शन सहकारीकाे साधारणसभामा सदस्य वेवास्ता गरेकाे भन्दै आलोचना भयाे । कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला सहकारी संघ अध्यक्ष प्रेमप्रकाश काेईरालाले यस्तो बताए । कार्यक्रममा बाेल्ने क्रममा सदस्यहरू हलमा कम उपस्थिति थिए । भएका सदस्यहरू पनि आफूआफू गफमा तल्लीन थिए । चर्काे चर्काे गफ गर्दै प्रमुख अतिथि बाेल्दा सुन्ने माेडमा नदेखिएपछि प्रमुख अतिथिले सदस्यहरू वफवादार नभए, संचालक समितिलाई प्रश्न नगरे, आफूले बचत गरेकाे रकम समेत जाेखिम हुने उल्लेख गरे ।
सहकारीका मुल्य मान्यता र सिद्धान्तलाई सधैं अनुसरण गरेर सदस्य केन्द्रित कार्यक्रम ल्याई सुविधा दिनुपर्नेमा जाेड दिए ।
पछिल्लो समय सहकारी प्रति वितृष्णा पैदा हुनुकाे कारण केही सहकारीले गैरसदस्य काराेबार गर्ने गरेकाे तर्फ इङ्कित गर्दै यस्तो भए सहकारीकाे क्षेत्रमा दुरुपयोग हुने बताए । कर्मचारी धेरै राख्नु कतै यस्तै त छैन भन्दै याे सहकारी प्रतिपनि प्रश्न गरेका थिए ।
पुष्पदर्शन बचत तथा ऋण सहकारीकाे २७ आैँ साधारणसभा सम्पन्न भएको हाे । साे साधारणसभामा अध्यक्ष शिवलाल कटुवालले अध्यक्षकाे मन्तव्य प्रस्तुत गरेका थिए । यस्तै सचिव डाेलेश्वर तिम्सिनाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
१२ सय भन्दा धेरै सदस्य रहेकाे याे सहकारीकाे तीन कराेड दश लाख शेयर रकम रहेकाे छ ।
साधारणसभाकाे अवसरमा विभिन्न विधामा पुरस्कार समेत प्रदान गरिएकाे थियाे ।