बर्जु: गाउँमा बेरोजगारी भई बसिरहेका गाउँवासीकालागि आयआर्जन गराउने उदेश्यले साबुन, हर्पिक र फिनेल बनाउने तालिम बर्जु गाउँपालिकामा सम्पन्न भएको छ।
सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर बर्जु गाउँपालिकाले महिला तथा पुरुषका लागि चार दिने तालिम बुधबार समापन गरेको हो ।

राेजगार नहुँदा गाउँमै भाैतारिरहेका मानिसलाई सिप सिकाएर आत्मनिर्भर बनाउने गरि याे तालिम गरिएको आयोजक संस्था एराईज नेपाल सोसाइटीका अध्यक्ष पार्वती गच्छदारले बताउनुभयाे ।
१५ जना सहभागीले साबुन, फिनेल र हर्पिक बनाउने सिप सिकेका छन भने तालिम समापनका क्रममा सो पालिकाका उपाध्यक्ष नितु चौधरीले परम्परागत तालिमभन्दा याे तालिमले नयाँपन ल्याएको बताउँदै आय आर्जनमा टेवा पुग्ने बताउनुभयाे । यस्तै तालिम लिईसकेपछि व्यवसायमा लाग्नेलाई पालिकाले सक्दो सहयोग गर्ने समेत उपाध्यक्ष चाैधरीले बताउनुभयाे ।
हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम निर्मला चौहान भण्डारीले प्रदान गर्नुभयो । विशेष गरी महिलाहरूको समय खेर गइरहेको र फुर्सदको समय पनि सदुपयोग हुने भएकोले तालिम प्रभावकारी भएको तालिम प्रशिक्षार्थी अंकिता श्रेठले बताउनुभयाे ।
कतिप ययुवाहरु सिजनल कामबाहेक अरू काम नपाउँदा बेरोजगार भएर बस्नु परेको अवस्थामा तालिम फलदायी भएकाे समेत बताईएकाे छ । तालिममा सहभागी भएका प्रशिक्षार्थीले गाउँ घरमा यस किसिमको तालिमबाट हौसला प्रदान गरेको बताएका छन ।