फिचर समाचार स्थानिय

सामाजिक सुरक्षा दिवसमा सुन्दरहरैँचा सहित ५ स्थानीय तहका प्रमुख सम्मानित

विराटचोक : प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा पाँच स्थानीय तहका प्रमुखहरूलाई सम्मान गरेका छन् ।

सम्मानित स्थानीय तहका प्रमुखहरूमा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा र बाँसगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्का रहेका छन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न थालनी गरेको योगदानका आधारमा उनीहरूलाई सम्मानित गरिएको हो ।

प्रधानमन्त्रीले यस अवसरमा सामाजिक सुरक्षा कार्यक्रमको सफलताको चर्चा गर्दै हालसम्म १७ लाख ९७ हजार श्रमिकहरू यस योजनामा आबद्ध भइसकेको र आगामी दिनमा ६० लाख मजदुरलाई यसमा समेट्ने लक्ष्य रहेको बताए ।