कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सिड नेपालद्वारा विद्यालय निरन्तरता सम्मबन्धि सामाजिक परीक्षण 

नागरिक स्वाबलम्बन विकास (सिड) नेपाल द्वारा सञ्चालित विद्यालय निरन्तरता कार्यक्रमकाे सामाजिक परीक्षण  गरिएको छ । माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा साे संस्थाले गरिब विपन्न विद्यार्थीलाई सहयोग गर्दै विद्यालय निरन्तरतामा सहयोगी भूमिका खेल्दै आएकोे छ । 

सुन्दरहरैंचा ८ स्थित शिक्षा निकेतन माध्यमिक विद्यालयमा कार्यक्रम भएको हाे  । आर्थिक अभावका कार्यक्रम विद्यालय  पढ्ने छाेड्नुपर्ने बाध्यता परेका अति विपन्न असहाय विद्यार्थीलाई सिडले सहयोग गर्दै आएको । प्राथमिक देखि स्नातक सम्म अध्ययन गर्ने छात्रालाई याे संस्थाले साईकल पाठ्यपुस्तक, नगद, लत्ताकपडा लगायत सहयोग गर्दै आएकाे संस्थाका निर्देशक अर्जुनमणि गुरागाईंले बताउनुभयो । अहिले सम्म याे नगरमा ३०० साइकफ वितरण गरिएको बताउनुभयाे । 

 सिड नेपालकी अध्यक्ष डा. विनिता कुमारी पौडेलले राख्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो। त्यस्तै, परियोजनाको प्रगतिबारे विस्तृत विवरण संस्थाका कार्यकारी निर्देशक डा. गुरागाईंले पावरपोइन्टमार्फत प्रस्तुती दिनुभयो।

सामाजिक परीक्षणसम्बन्धी धारणा तथा प्रतिक्रिया कार्यक्रमका सरोकारवालाहरू—विद्यार्थी, अभिभावक, विद्यालयका प्रधानाध्यापक, स्थानीय संस्था प्रमुख तथा प्रतिनिधिहरूले राखेका थिए। 

कार्यक्रमकाे अध्यक्षता विदुर सुवेदीले  गर्नुभएको थियो भने संचालन सहायक प्रधानाध्यापक घनश्याम ढकालले गर्नुभएको थियो ।