विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसकाे आयोजनामा भएको दुईदिने पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।
पहिलाे दिनकाे शैक्षिक सम्मेलन क्याम्पस सभाकक्षमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीद्वारा Sustainability in Higher Education: Integrating Local and Global Knowledge शीर्षकको शैक्षिक सम्मेलन उदघाटन गरिएको थियाे । सम्मेलनमा पाँचवटा विदेशी विश्वविद्यालय एवम् पाँचवटा स्वदेशी विश्वविद्यालयका गरी दशवटा विश्वविद्यालय विभिन्न क्याम्पस तथा अनुसन्धान प्रतिष्ठानका लगायत ३३१ जना प्रतिनिधिहरू सहभागि भएकाे समितिका प्रमुख एवम् आयाेजकका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए।
पहिलो दिनकाे शैक्षिक सम्मेलन अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख अमेरिकाका माइक हार्कर, आसाम डाउनटाउन विश्वविद्यालय भारतका उपकुलपति प्रा.डा. नारायणचन्द्र तालुकदार, काठमाडौँ विश्वविद्यालका डीन प्रा.डा. बालचन्द्र लुईँटेल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले एउटै सभाकक्षमा किनोट स्पिच दिएका थिए । सोही दिन Call for Collaboration: Can Discourse across Discipline Derive Sustainability in Higher Education? शीर्षकमा प्रा.डा. तीर्थराज खनियाँ, थाइलैण्डकी डा. अपारडि लिम र पोलैण्डका डा. माइकल अपोलो प्यानलिस्ट समावेश भएको प्यानल डिस्कसनलाई प्रा. डा. बासुदेव काफ्लेले प्यानल मोडरेटेरका रूपमा सञ्चालन गरेका थिए ।
समारोहमा अमेरिकी राजदुतावासका क्षेत्रीय अङ्ग्रेजी भाषा प्रमुख रोजर कोहेन, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुँयल तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रा.डा. देवेन्द्र अधिकारीले फरकफरक तिन ठाउँमा प्लेनरी सेसन सञ्चालन गरेका थिए । विभिन्न पाँच ठाउँमा समानान्तर सेसनहरूमा सत्रवटा पेपरहरू प्रस्तुतीकरण गरिएकाे साथै पहिलो दिन जम्मा पच्चिस वटा सेसनहरू सञ्चालन गरिएको सम्मेलन आयाेजक तर्फका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले जानकारी दिए ।
कार्यक्रमको दोस्रो दिनमा भएको सम्मेलनमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया, काठमाडौँ विश्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञावली र त्रिविका पूर्वउपकुलपति प्रा.डा. थीर्थराज खनियाँले एउटै कक्षमा तिनवटा किनोट सेसन सञ्चालन गरेका थिए। क्षेत्रीय अङ्ग्रेजी भाषा विशेषज्ञ विश्वराज गौतम, त्रिविका प्रा.डा. बासुदेव काफ्ले, डिग्री क्याम्पस विराटनगरकी डा. बन्दना जैन सुकुना बहुमुखी क्याम्पसका नरप्रसाद भण्डारी, डा. दिपकप्रसाद न्यौपाने, पोलैण्डका डा. माइकल एपोलो, थाइलैण्डकी डा. अपराडि लिमले फरकफरक समूहमा सातवटा प्लेनरी सेसन सञ्चालन गरेको जानकारी आयोजक समितिका कोकन्भेनर नवराज कोइरालाले उल्लेख गरे ।
विभिन्न पाँचवटा समूहमा एकैसाथ सुमार्गी हुमागाईँ, केशव पुरी, लक्षमणप्रसाद भण्डारी, साजन चौधरी, कमलराज दाहाल, तीर्थराज आचार्य, इन्दिरा राई, मदनराज बराल, बासुदेव दाहाल एवम् जनार्दन गुरागाईँ, बाला भटटराई, इपेन्द्र तामाङ, चिनीया विद्यावारिधि स्कलर युलिङ लियाङ, ओमनाथ खतिवडा, किशोर दाहाल, दण्डपाणि गौतम, केशवप्रसाद तिमिल्सिना, रुद्रनाथ दाहाल, भिमा राई, डा. खगेन्द्रप्रसाद लामिछाने, डिल्लीराम पोख्रेल, विष्णुप्रसाद न्यौपाने, योगराज पोदार, सन्तोष दाहाल, मातृका थापा, विक्रम थापा, शान्तिराम दाहाल, लक्ष्मण टण्डन एवम् भीम ढकाल, होमबहादुर थापामगर, खगेन्द्रराज दाहाल, उमेश उप्रेती, चन्द्रप्रसाद अधिकारी र प्रदिप केसीले समान्तर सेसनमा बत्तिस वटा पेपर प्रिजेण्टेसन गरेको आयोजक समितिका सदस्य उषाकिरण वाग्लेले जानकारी दिइन् ।
दुईदिनमा सात वटा किनोट, दशवटा प्लेनरी र उनन्चास वटा समानान्तर सेसनका पेपस प्रिजेण्टेसन गरी जम्मा ६७ वटा अवधारणापत्र प्रस्तुत गरिएकाे सम्मेलनका कन्भेनर गुणराज नेपालले उल्लेख गरे । दुबै दिनका कार्यक्रममा उषाकिरण वाग्ले, गुणराज नेपाल र विद्यार्थी र्यापोटियर्सहरूले कार्यक्रम सञ्चालन गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, उपाध्यक्ष ललितबहादुर श्रेष्ठ, सदस्यहरू, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी र सहायक क्याम्पस प्रमुखद्वय बलराम पोखरेल एवम् गणेशप्रसाद दहालले अनुगमन र समन्वय गरेका थिए ।
सम्मेलनमा जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेल तथा चिनिया विद्यावारिधी स्कलर युलिङ लियाङले दुईदिने कार्यक्रमको समीक्षा गर्दै क्याम्पसलाई बधाई ज्ञापन गरेकाेक्याम्पस सञ्चालक समितका अध्यक्ष केशव अधिकारीले जानकारी दिए ।
समारोहमा सम्मेलन आयोजक समितिको तर्फबाट सो समितिका प्रमुख दहालले विश्वविद्यालय अनुदान आयोग नेपाल, वित्तिय सहयोग उपलब्ध गराउने सुन्दरहरैँचा नगरपालिका, लेटाङ नगरपालिका, केराबारी गाउँपालिका, अमरिकी दुतावास, विदेशी तथा स्वदेशी विश्वविद्यालयहरू, विषयविज्ञहरू, पेपर प्रिजेण्टर, सहभागिहरू, पत्रकार, विद्यार्थी र्यापोटियर्स, भोलेन्टयर, शिक्षक तथा कर्मचारी, उपसमिति तथा सम्मेलन सफलताका लागि प्रत्यक्ष र परोक्ष सहयोग पुर्याउने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेि समापन समारोहमा प्रमाणपत्र वितरण गरिएको जानकारी दिए ।




