फिचर शिक्षा समाचार

सुकुना क्याम्पसमा सेयर सचेतना कार्यक्रम सम्पन्न

विराटचाेक: पूर्वविद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको आयोजनामा शुक्रबार क्याम्पस सेयर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 उक्त सचेतना कार्यक्रम विहानी र दिवासत्रमा सञ्चालन गरिएको थियो । विहानीसत्रमा सञ्चालित कार्यक्रममा (एमबिएस)‚ (बिएड)‚ (बिबिएस) र बिएमा अध्ययनरत करिव ३ सय जना विद्यार्थीहरू सहभागी भएका थिए । त्यसैगरी दिवासत्रमा (बिएस्सि) र (बिबिए)मा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरू सहभागी थिए । कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो । 

दुबै सत्रका कार्यक्रममा विशेषज्ञका रुपमा एसपिएसए सेक्युरिटिज लिमिटेड ब्रोकर ८७ का चार्टर एकाउण्टेण्ट एवम् डाइरेक्टर सुभाष आचार्य र अर्का डाइरेक्टर मोहन चाैलागाई ले सेयर बजारको अर्थ‚ उद्धेश्य‚ सेयर बजारमा प्रवेश गर्ने तरिका‚ यसका फाइदा‚ सेयर कारोबारबाट फाइदा आर्जन गर्ने तरिका‚ सेयर बजारमा अपनाउनु पर्ने सावधानीहरू‚ सेयर कारोबारका तरिकाहरू‚ ब्रोकर बन्नका लागि हुनुपर्ने गुण तथ कार्यहरू‚ सेयर कारोबारबाट गर्न सकिने आर्थिक तथा व्यवसायिक प्रगति‚ सेयरबजारले अर्थतन्त्रमा पार्ने बहुआयामिक प्रभावका विषयमा सहभागी विद्यार्थी‚ शिक्षक‚ कर्मचारीहरू र पूर्वविद्यार्थीहरूलाई अभिमुखीकरण गरेको जानकारी पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले गराएका छन् । 

 क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा आवधिक रुपमा यस्ता सिर्जनात्मक र सचेतना कार्यक्रमहरू समाजले तयार गरेको जानकारी समाजका सहसचिव लाबण्यकुमार अधिकारीले जानकारी गराए ।