कोशी प्रदेश पर्यटन फिचर शिक्षा समाचार स्थानिय

सुकुना क्याम्पसमा हुने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र

माेरङकाे सुन्दरहरैँचा १२ स्थित सुकुना बहुमुखी क्याम्पसद्वारा वैशाख ६ र ७ गते हुन गइरहेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको पूर्वतयारीका सन्दर्भमा बुधवारका दिन क्याम्पसका सम्पूर्ण पठनपाठन र प्रशासनिक कार्य स्थगन गरेर शिक्षक कर्मचारीको संयुक्त बृहत् बैठक आयोजना गरिएकाे छ ।

कार्यक्रममा सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका संयोजक  गणेशप्रसाद दहालले सम्मेलनको अवधारणामाथि  प्रकाश पारेका थिए । सम्मेलनका कन्भेनर/सदस्य गुणराज नेपालले सम्मेलनमा हुने  कार्यक्रमहरूको विवरण एवम्  सम्मेलन सम्पन्न गर्न गठन गरिएका समिति, उपसमितिका संयोजक र सदस्यहरूको कार्यगत भूमिकाको बारेमा स्पष्ट पारेका थिए  । कार्यक्रममा सहायक क्याम्पसप्रमुख बलराम पोख्रेलले स्वागत भाषण र शिक्षक कर्मचारीको उपस्थिति अभिलेखको व्यवस्थापन गरेका थिए  । 

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सक्रिय सहभागी हुनुपर्ने बताए । उनले आर्थिक एवम् व्यवस्थापकीय सन्दर्भमा समेत सम्बोधन गरेका थिए । बैठकमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका विविध विषयमा शिक्षक कर्मचारी एवम् सम्मेलन आयोजक समितिका बिचमा प्रश्नोत्तर र छलफल समेत गरिएको ‌थियाे ।