विराटचाेक: मोरङको सुकुना बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरूको भेला गर्ने भएको छ । आइतबार क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा पूर्वस्ववियु सभापतिहरू सँग बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
मंसिर १५ गते शक्रवार दिउसो २ बजे देखि सुरु हुने उक्त भेलामा क्याम्पसले सम्पूर्ण पूर्वविद्यार्थीहरुलाई सभागीहुन अनुरोध गरेको छ । उक्त भेलाले पूर्वविद्यार्थीहरुको संस्था समेत निर्माण गरिने भएकोले पूर्वविद्यार्थीहरूको उपस्थिति अनिवार्य भएको क्याम्पस प्रमुख अधिकारीले बताउनु भयो ।
बैठककाे छलफलमा सहभागीहरूले क्याम्पसको दीर्घकालिन हितका लागि महत्वपूर्ण सल्लाह, सुझाव, भावी योजनाहरू र ११ गते बस्ने क्याम्पस परिषद्को सत्रौँ बैठकको तयारीका बारेमा धारणा राखेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिनुभयो ।
उक्त भेलामा पूर्वस्ववियु सभापतिहरू यज्ञप्रसाद सुवेदी, राजकुमार ओझा, गोपाल श्रेष्ठ, जेवी थुलुङ्ग, भुपाल बस्नेत, बद्री अर्यालको उपस्थिती रहेको थियो।
त्यस्तै पुर्व क्याम्पस प्रमुख चन्द्रमणि राई,सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल, व्यवस्थापन विभागका विभागीय प्रमुख उपप्रध्यापक उमेश उप्रेती र बहावला स्ववियु सभापति सन्तोष लिम्बूको उपस्थिति रहेको थियो ।