फिचर शिक्षा समाचार

सुकुना क्याम्पसले प्राप्त गर्‍यो दाेस्राे चरणको QAA प्रमाणपत्र

विराटचाेक: काेशी प्रदेशकै अब्बल शैक्षिक गन्तव्यकाे रूपमा परिचित सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङले दोस्रो चरणको QAA (Quality Assurance and Accreditation) प्रमाणपत्र प्राप्त गरेको छ । शुक्रबार क्याम्पसले उक्त प्रमाणपत्र हासिल गर्न सफल भएको हो ।

QAA प्रमाणपत्र विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र हो । यो प्रमाणपत्र प्राप्त गर्नु क्याम्पसको शैक्षिक गुणस्तर र व्यवस्थापकीय क्षमताको महत्वपूर्ण मापदण्ड मानिन्छ । याे प्रमाणपत्रकाे अवधि ५ वर्षसम्म हुन्छ ।

यस उपलब्धिले सुकुना बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरमा थप टेवा पुग्नुका साथै क्याम्पसको प्रतिष्ठामा समेत वृद्धि हुने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयाे ।