मोरङको सुन्दरहरैँचा १२ स्थित सुकुना बहुमुखी क्याम्पस र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) बीच प्राज्ञिक कार्यमा सहकार्य गर्ने सहमति भएको छ । शुक्रबार सुकुना बहुमुखी क्याम्पसमा एक समारोहका बीच भएको सहमतिअनुसार अनुसन्धान तथा विद्यार्थी सहयोग कार्यक्रम सञ्चालन गर्ने र यसका लागि क्यम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको लागि एडभान्स रिसर्च राइटिङ तथा प्रकाशनको तीन क्रेडिट आवर र विद्यार्थी सहयोगका लागि नवप्रवर्तनका लागि तीन क्रेडिट आवरको कोर्स सञ्चालन गर्ने सहमति भएको हो ।
गरिएको सम्झौताअनुसार काठमाडौं विश्वविद्यालयले सुकुना बहुमुखी क्याम्पसमा रहेका विशेषज्ञहरूलाई पनि विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमहरूमा स्रोतव्यक्तिका रुपमा प्रयोग गर्ने र क्याम्पसले पनि विश्वविद्यालयका विशेषज्ञहरूलाई प्रयोग गरी भगिनी सम्बन्ध कायम गर्ने निर्णय भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान व्यवस्थापन एकाइ प्रमुख गणेश दाहालले जानकारी दिए ।

सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट डीन प्रा।डा। बालचन्द्र लुईंटेल,सहप्राध्यापक डा। हेमराज काफ्ले र क्याम्पसको तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी,क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार दुबै संस्थाले यस वर्ष माथि उल्लिखित दुई कार्यक्रमहरू सम्पन्न गर्ने सहमति भएको छ । सम्झौताको कार्यान्वयनबाट क्याम्पसले गर्ने रिसर्च गतिविधि‚ प्रकाशन‚ पेशागत विकास‚ संस्थागत सहकार्य‚ पहुँच अभिवृद्धि‚ शैक्षिक गुणस्तरमा सुधार‚ अनुभव आदान प्रदान र प्राज्ञिक उन्नयन हुने अपेक्षा गरिएको सहायक क्याम्पस दाहालले बताए ।





I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.info/vi/register-person?ref=MFN0EVO1