सुन्दरहरैँचा : सुकुना माध्यमिक विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएकाे छ । देशकै नमुना विद्यालयको रूपमा परिचित साे विद्यालय व्यवस्थापन समिति अध्यक्षमा मातृकाप्रसाद ढकाल चयन भएका छन् । यस्तै सदस्यमा गणेश कुमार कार्की, राम मास्के, एकेन्द्र राई, चिना निराैला भट्टराई, मनमाया तामाङ, शिक्षक प्रतिनिधि डा. ईश्वरकुमार राई, सदस्य सचिव प्रधानाध्यापक नारायण प्रसाद गाैतम चयन भएका छन् । वडा नम्बर १० मा रहेको याे विद्यालयमा करीब ४ हजार विद्यार्थी अध्ययनरत छन् ।
सम्बन्धित समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज रनवेमा दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । जहाजमा आगो लागेको छ । विमानस्थलमा धुवाँ उडिरहेको देखिन्छ । अहिले जहाजमा लागेकाे आगो निभाउने काम भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
बाढीपहिरोको कहर: ८० जनाको मृत्यु, पाँच बेपत्ता
विराटचाेक: नेपालमा जारी मनसुनी वर्षाले ल्याएको बाढी र पहिरोको प्रकोपले देशभर ठूलो क्षति पुर्याएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ देखि हालसम्म यस प्राकृतिक विपत्तिमा परेर ८० जनाको मृत्यु भएको छ। प्रदेशगत विवरण अनुसार कोसी प्रदेश: १९ , गण्डकी प्रदेश: २२, लुम्बिनी प्रदेश: २० ,सुदूरपश्चिम प्रदेश: ७, बागमती प्रदेश: ४ , कर्णाली प्रदेश: […]
आज पहाडी जिल्लामा हर्षाेल्लासका साथ हाेली पर्व मनाइँदै
विराटचाेक: फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । त्रेता […]