विराटचाेक / माेरङकाे सुन्दरहरैँचा १० मा रहेकाे सुकुना माध्यमिक विद्यालयले आफ्नो ५२ औं वार्षिकोत्सब मनाएको छ । कार्यक्रमकाे प्रमुख अतिथि काेशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ रहेका थिए । खापुङ्ले देशकै उत्कृष्ट विद्यालय मध्येको एक सुकुनाले गरेको प्रगतिलाई कायम राखि अझ परिस्कृत बनाउदै विज्ञान र प्रविधिमा जाेड दिनुपर्ने बताए । यस्तै विज्ञान र इन्जिनियरिङका विद्यार्थीले राखेका प्रदर्शनी (इन्सटल)काे अवलोकन गर्दै उनीहरूले निर्माण गरेका सामाग्री अत्यन्तै राम्रो र ज्ञान उपयोगी भएको बताए ।
कार्यक्रमकाे विशेष अतिथिकाे रूपमा बाेल्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले “आजकाे समय किताबी ज्ञान भन्दा पनि अबकाे उत्पादन बजारकाे माग अनुसारकाे प्रविधि युक्त शिक्षा दिनुपर्ने बताउदै सिर्जनात्मक सिकाईमा जाेड दिन आग्रह गरे । नमुना विद्यालयकाे रूपमा रहेकाले राज्यबाट समेत ठुलाे सहयाेग गरेकाे बताउदै अहिलेकाे विद्यार्थी संख्यालाई गुणस्तरीय शिक्षा दिएर आज प्राप्त गरेकाे उचाइ, शाखलाई जाेगाउनुपर्ने बताए । यस्तै समग्र सुन्दरहरैँचाकाे माध्यमिक तहकाे शिक्षा सुधारमा लाग्न ऐन बनाएकाे समेत जनाए ।
विद्यालय प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले विद्यालयकाे प्रगति विवरण प्रस्तुत गर्दै शैक्षिक गुणस्तरलाई विज्ञान र प्रविधि सूचना प्रविधि युक्ति कक्षा काेठा निर्माण गरिएकाे जनाउँदै अहिले अभिभावककाे चाहाना अङ्ग्रेजी शिक्षा तर्फ देखिएकाे बताए । यस्तै विद्यालय परिसरमा प्लास्टिक मुक्त बनाउने घाेषणा समेत गरेकाे प्रधानाध्यापकले बस्नेतले बताए ।
वार्षिकोत्सबकाे अवसरमा विभिन्न दाताद्वारा राखिएको अक्षयकोषबाट विभिन्न विधामा विद्यार्थीलाई पुरस्कृत गरिएकाे थियाे भने शिक्षक विद्यार्थीहरूले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
हाल यश विद्यालयमा ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक कर्मचारी १ सय ५१ जना रहेका छन् । देश भरीका सामुदायिक विद्यालयतर्फ चाैथाे स्थानमा पर्न सफल याे विद्यालयमा अभिभावक, विद्यार्थीकाे राेजाईमा पर्दै गएकाे छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मातृकाप्रसाद ढकालकाे सभापतित्वमा भएको थियो ।