कोशी प्रदेश फिचर शिक्षा समाचार

सुकुना माविको ५३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न 

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना माध्यमिक विद्यालयको ५३ औ वार्षिकोत्सब  तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

 कार्यक्रममा प्रमख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की थिए । उनले  विद्यार्थीहरूलाई गुणस्तरीय साथै  व्यावहारिक शिक्षा प्रदान  गरी दक्ष,सक्षम तथा नैतिकवान नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दाहित्व भएको  बताएका थिए । उनले प्रदेशकै सबैभन्दा ठूलो ४ हजार भन्दा बढी विद्यार्थी भएको  सामुदायिक बिद्यालयकाे ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी हुन् पाउदा खुशी लागेको उल्लेख गरे “ विद्यार्थीहरुलाई गुणस्तरीय तथा व्यावहारिक शिक्षा प्रदान गरी दक्ष,सक्षम ,नैतिकवान नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारीका साथै दाहित्व हाे ´´ मुख्यमन्त्री कार्कीले भने  “  सरकारी जागिर खाने अभिभावकका छाेराछाेरीलाइ सामुदायिक विद्यालय पढाउँन जरूरी छ “।

   सार्वजनिक शिक्षाको रुपान्तरण,वातावरणमैत्री हरित शैक्षिक संस्थाको निर्माण,गुणस्तरीय प्राविधिक तथा व्यावसयिक शिक्षाको विस्तार,अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए । उनले शैक्षिक विकासका लागि सुकुना माध्यमिक बिद्यालयले निर्वाह गरेको भूमिकाको  खुलेर प्रशंसा गरे । कोशो प्रदेश सरकारको शैक्षिक नीतिबमोजिम यस बिद्यालयले पनि आगामी शैक्षिक योजना बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै थप अब्बल सावित गर्नेमा आफू बिस्वास रहेको बताए  ।

    मुख्यमन्त्री कार्कीले समयको आवश्यकतालाई मनन गर्दै कोशी प्रदेशको मात्र नभएर मुलुकै नमुना बिद्यालयको रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफू ढुक्क रहेको बताए  । उनले बिज्ञान तथा प्रविधि प्रदशनीहरुको अवलोकन समेत गरेका थिए  । कार्यक्रममा  सुन्दरहरैचा नगरपालिकाकाका  नगर प्रमुख केदरप्रसाद गुरागाईले  सुन्दरहरैचालाई शिक्षाको गन्तव्य बनाउन बिद्यालयलाई जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताए । बार्षिक प्रवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको सुन्दर सुकुना बनाउने संकल्प पूरा गर्न निरन्तर अगाडि बढिरहेको जानकारी दिए । उनले  सुविधायुक्त भौतिक र शैक्षिक वातावरण तयार गरेर शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने  विद्यालयको मुख्य ध्येय रहेको उल्लेख गरे । २ वटा छात्रबास भवन निर्माणको लागि स्वीकृत भई हाल निर्माण प्रक्रियामा रहेको बताउदै उक्त भवन निर्माण पूरा भएपछि भौतिक सुविधाका दृष्टिले बिद्यालयको व्यवस्थापनमा सहयोग पुग्ने बताएका थिए। प्र अ वस्नेतले  बिद्यालयले आगामी गर्ने कार्यक्रम बारे समेत  जानकारी दिएका थिए। कार्यक्रममा ३ कोठे शैक्षिक भवनको रोवर्ट बाट उद्घाटन गरिएको थियो।

   कार्यक्रमकै अवसरमा लामो समय शैक्षिक पेशामा रही सेवानिर्बित भएका शिक्षिका कमला मास्के तथा शिक्षक श्यामनारायण साहुलाई बिदाई गरिएको थियो। कार्यक्रममा  अक्षयकोष ,छात्रवृत्ति , पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रमकाे अवसरमा  विविध साँस्कृतिक कार्यक्रमहरू भएको  साथै नेपाल सरकारबाट मान्यता प्राप्त नमूना विद्यालय अन्तर्गत पर्ने   शैक्षिक संस्थामा कक्षा १२ सम्म पढाइ हुने गरेको तथा  हाल १६० जना शिक्षकशिक्षिका र  ४ हजार ५ सय जना विद्यार्थी अध्यानरत रहेकाे विद्यालयका सहायक प्र.अ राजेन्द्र गिरिले जानकारी दिए ।