फिचर समाचार

सुकुना सामुदायिक वनद्वारा वृक्षरोपण

विराटचाेक:   सुकुना सामुदायिक वन कार्यालयले वृक्षराेपण गरेकाे छ ।   वन क्षेत्रमा बहुउपयाेगि बिरुवा राेपेकाे हाे ।  वन क्षेत्रकाे संरक्षण, वन्यजन्तुलाई आहारा, हरियाली वन बनाउने उदेश्यले वृक्षरोपण गरेको हाे ।  शुक्रबार वन क्षेत्रमा विभिन्न जातका करीब १० हजार बिरुवा राेपेकाे हाे । वन क्षेत्रमाकाे ५ हेक्टरमा  साल, कटहर, निम, जामुनलगायतका विरुवा राेपेकाे वनका अध्यक्ष तुलसी रिमालले बताउनुभयाे ।

कार्यक्रममा सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गाेपाल दाहालकाे प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमकाे अध्यक्षता सुकुना सामुदायिक वनका अध्यक्ष तुलसी रिमालले गर्नुभएको थियो ।