कृषि-बातावरण फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

सुकुना सामुदायिक वनद्वारा उपभोक्तालाई क्षमता विकास तालिम 

विराटचाेक:  माेरङकाे सुन्दरहरैँचामा उद्घाेषणकला तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । सुकुना सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको सात दिने ‘उद्घोषणकला तथा नेतृत्व विकास तालिम कार्यक्रम’ शनिबार सम्पन्न भएको हाे ।

तालिमको सहजीकरण नझरेका फूलहरूका प्रस्ताेता केपी घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा डिभिजनल वन कार्यालय माेरङका प्रमुख  विष्णुलाल घिमिरे प्रमुख अतिथिको रूपमा रहनुभएकाे थियो । उहाँले हरेक क्षेत्रमा अगाडि बढ्न महत्त्वपूर्ण भूमिका खेल्ने उद्घाेषणकलाकाे सिपले जाेस जाँगर र क्षमता बढाउने बताउनुभयाे । 

कार्यक्रमकाे अध्यक्षता सुकुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद रिमालले गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य बविता खापुङ, साहित्यकार  भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई लगायतको उपस्थिति रहेको थियो।

के पी घिमिरे सांस्कृतिक प्रतिष्ठान नेपालको सहयोगमा आयोजित यस तालिमले स्थानीय समुदायमा उद्घोषण कला र नेतृत्व क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। तालिमले सहभागीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ, जसले गर्दा समुदायको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको अध्यक्ष रिमालले बताउनुभयो ।

समूहकी सचिव कौशिला श्रेष्ठले सञ्चालन गरेको यस कार्यक्रममा उपाध्यक्ष राजन खड्काले स्वागत मन्तव्य  गर्नुभएको थियो भने तालिममा सहभागी ३२ जनालाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।