कोशी प्रदेश पर्यटन फिचर समाचार स्थानिय

सुकुना सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

मोरङ, सुन्दरहरैँचा–१० स्थित सुकुना सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। करिब ४.४५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो। वृक्षारोपण कार्यक्रमको उद्घाटन सब डिभिजन वन कार्यालय सलकपुर वन सहायक राममाया परियारले गर्नुभयो।

 कार्यक्रममा खोर्साने सामुदायिक विकास केन्द्रका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीहरू, स्थानीय बासिन्दा तथा सहयोगी मनहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत टिक, साल, जामुन, खयर, कागती, अम्मल (अम्बक), मसला, निम जस्ता बहुपयोगी र पर्यावरणमैत्री बिरुवाहरु रोपिएका छन्। वन क्षेत्रको संरक्षण तथा जैविक विविधता वृद्धिका लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको आयोजकले बताएका छन्।

सहभागी संस्थाहरूले सामुदायिक वनको संरक्षणमा आफ्नो निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। वृक्षारोपणले स्थानीय वातावरणमा सकारात्मक प्रभाव पार्ने र आगामी पुस्ताका लागि हरियाली सन्देश दिने विश्वास गरिएको छ।