माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना सामुदायिक हस्पिटलकाे अध्यक्षमा गाेविन्द कार्की सर्वसम्मत रूपमा चयन भएका छन् ।
शिक्षासेवी कार्कीलाइ सुकुना सामुदायिक हस्पिटलकाे १३ औं साधारण सभाले अध्यक्षमा चयन गरेको हाे ।
सुकुना हस्पिटलकाे अध्यक्षमा चयन भएका कार्की सुविजीमुर मे. मा.वि का प्रिन्सिपल समेत हुन् । २९ जना शेयर सदस्य रहेको उक्त हस्पिटलकाे सदस्यहरू नगेन्द्र दाहाल, नवराज चापागाईं, ललितबहादुर श्रेष्ठ , राजेश अग्रबाल , ज्ञानप्रसाद ढकाल तथा बालकृष्ण आचार्य सर्व सम्वत रूपमा चयन भएका छन् ।
साथै सुकुना सामुदायिक हस्पिटल लेखा समिति हरिबहादुर कार्कीकाे संयाेजकमा ३ सदस्य नवकार्य समिति चयन भएको छ । सुकुना हस्पिटलकाे साधारण सभा लेखुप्रसाद ढकालकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।