विराटचाेक : सुन्दरहरैँचा नगरपालिकाकाे तेह्राैँ हिउँ नगरसभा सम्पन्न भएको छ । शुक्रबार नगरप्रमुख केदारप्रसाद गुरागाईँकाे अध्यक्षतामा नगरपालिकाकाे नयाँ सभाहलमा सभा सम्पन्न भएको हाे । नगरसभाले आर्थिक ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित गरेकाे छ ।
जसमा जग्गाको वर्ग विभाजन गरी नयाँ मूल्यांकन गरिएको छ । यस्तै घरकाे पनि मूल्याङ्कन गरि नया दररेट कायम गरेको छ । भूमिकर मालपोत करलाई पनि संशोधन गरेको छ । व्यवसाय कर, घर नक्सा पास दस्तुर, घर बाटाे सिफारिसलाई संशोधन गरिएकाे छ ।

करका दररेट सम्बन्धि समस्या समाधान गर्न वडाध्यक्ष राेशनप्रसाद ढकालकाे सम्याेजकत्वमा विज्ञ सहितकाे समितिनै गठन गरिएको थियाे । साे समितिले दिएकाे राय सुझावका आधारमा कार्यपालिका हुँदै नगरसभाले संशोधन सहित दररेट पास गरेकाे हाे ।
धेरै भन्दा धेरै नागरिकलाई सहज हुनेगरी नागरिकको सहजता र सबैलाई मान्य हुनेखालकाे दररेट तय गरिएकाे नगरप्रमुख गुरागाईले बताए । यसलाई हिउँदे सभाले सर्वसम्मत पारित गरेको छ ।