विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको पन्ध्रौं हिउँदे नगरसभा सम्पन्न भएको छ । मंगलबार नगरपालिकाकाे सभाहलमा नगर प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेकाे पन्ध्रौँ नगर सभाले ५ वटा विधेयक पारित गरेको छ । विधेयक सभाको रूपमा रहेको हिउँदे सभामा नगरपालिकाले विधेयकहरू पारित गरेको हाे ।
जसमा विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१, आर्थिक ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१ , न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन विधेयक, २०८१ र सहकारी ऐन, २०७५ लाई दोस्रो पटक संशोधन गर्न बनेको विधेयक, २०८१ रहेको छ ।
उक्त नगर सभामा सरकारी विधेयक र अर्थ विधेयकको रूपमा रहेको विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१ र आर्थिक ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१ उप-प्रमुख अकली चौधरीले टेबल गर्नुभएको थियो
यसैगरी अन्य विधेयकहरू विधायन समितिका संयोजक खेमप्रसाद न्यौपानेले टेबल गर्नुभएको थियो । प्रस्तुत विधेयक सर्वसम्मत रूपमा पारित भएको हुन् ।
नगर सभाबाट पारित भएका यी सबै विधेयकहरू नगर प्रमुखद्वारा प्रमाणीकरण भई नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागू हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले बताउनुभएको छ ।