फिचर समाचार

सुन्दरहरैँचाकाे बासबारीमा आमाहरूलाई सम्मान

विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ स्थित बासबारी पानी ट्याङ्की टाेलले मातातिर्थ औसीका अवसरमा आमाहरूलाई सम्मान गरेको छ ।

टाेलमा एक कार्यक्रम आयाेजना गरी १५ जना आमाहरूलाई खानेकुरा मिठाइ, खुवाएर सम्मान गरिएको टाेलकी अध्यक्ष भिमा राईले बताउनुभयाे ।

भावि पुस्तालाई केही राम्रो कुरा सिक्ने साथै समाजमा सकारात्मक सन्देश दिने उदेश्य सहित यस्तो कार्यक्रम गरिएकाे अध्यक्ष राईले बताउनुभयो ।

उक्त कार्यक्रममा टाेलका बुद्धिजीवी समाजसेवी लगायत स्थानीयकाे उपस्थिति रहेको थियो ।