फिचर समाचार स्थानिय

सुन्दरहरैँचाकाे मुनालझाेडामा गाेली हानी हात्तीको हत्या 

विराटचाेक :  माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा गाेलि हानी हात्तीको हत्या गरिएको छ । वडा नम्बर १० मा रहेको जनजागरण सामुदायिक वन उपभोक्ता समूह स्थित मुनालझाेडामा हात्तीलाई गाेली हानी हत्या गरिएको हाे । हत्या गरि पुच्छर भने शिकारीले लगेकाे सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लाल बहादुर माझिले बताए ।

डिभिजन वन कार्यालय माेरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेका अनुसार १०/१२ वर्षको भाले हात्ती लाई १ गाेलि लागेकाे बताए ।

उनले भने काेशी टप्पुबाट आएकाे प्राविधिक टाेलिले पाेष्टमार्टम गर्दा एउटा गाेली र २ वटा गाेलि भन्दा ठुलाे काठका टुक्रा शरीर भित्र  भेटिएको बताए । गाेली भने गर्धनमा लागेर फाेक्साे सम्म पुगेकाे थियो । पाेष्टमार्टमका लागी राष्ट्रिय प्रकृति संरक्षण काेषका भेटनरी प्राविधिक पुरूषाेत्तम मुडवरीकाे नेतृत्व काेशी टप्पुबाट आएका थिए ।

साेमबार बिहान करीब ३ बजेको समयमा हात्ती गाउँ छेउमा आएकाे र साे हात्तीलाई स्थानीयले वन तर्फ खेदाएकाे एक स्थानीयले बताए  ।  सिकारीले नै गाेली हानेकाे हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीयले करिब बिहान ४बजेतिर पट्किएकाे आवाज सुनेकाे बताए छन् ।

घटना स्थल हेर्दा हात्ती उक्त सामुदायिक वन भित्र लगाईएकाे अम्लिसाे खान गएकाे र अम्लिसाे खादै गर्दा नजिकै रहेकाे रूख माथिबाट गाेलि हानेकाे हुनसक्ने प्रहरीले जनाएको छ ।   साे अम्लिसाे देखि मरेकाे स्थान सम्म रगत बगेकाे पाईएकाे छ ।  यश क्षेत्रमा दैनिक हात्ती निस्कने र गाउँ तर्फ आउने गर्दथे ।  घटना स्थल नजिकै बस्ती रहेकाे छ ।  पछिल्लो समय यश आसपासमा दैनिक हात्ती निस्कने गरेका छन् ।