विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ मा रहेको एक समिल बाट शनिबार काठ नियन्त्रणमा लिईएकाे छ । सिसाैघारीमा दिपेन्द्र ढकालले सञ्चालन गरेको सफल समिलबाट सखुवा र कर्मा जातका काठ र गाेलिया नियन्त्रण लिईएकाे सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लाल बहादुर माझीले बताए । करीब २ लाख मुल्य बराबरकाे काठ पक्राउ गरिएको छ ।
अबैध रूपमा काठ चाेरी निकासी भएको भन्नू सूचनाका आधारमा काठ जफत गरिएकाे माझीले जानकारी दिए । जफत गरिएको काठ मध्ये केही वडा नम्बर ९ मै रहेकाे जनचेतना सामुदायिक वनबाट अबैधानिक रूपमा बिक्री भएको भन्ने बुझिएकाले उक्त वनलाई पत्राचार गरीएकाे उनले बताए ।
सामुदायिक वनले उक्त काठ कटान आदेश र विक्रि आदेश लिएकाे भए पुन फिर्ता लान सक्ने यदि यस्तो नभए कार्वाही प्रकृया अघि बढाईने बताए । अन्य काठका विषयमा अनुसन्धान गरिरहेकाे माझीले बताए ।
यस्तै उक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्प भुजेलले भने कसैले उजुर गरेर पक्राउ गराएकाे बताउदै कटान र विक्रि आदेशकै काठ भएको जिकिर गरे । उने भने बिक्रि र कटान आदेश छ बिल भरपाई सबै छ । तर माझीले याे वर्ष कटान आदेश नदिएकाे बताए ।