फिचर राजनीति समाचार

सुन्दरहरैँचाबाट एमाले प्रदेश अधिबेशनमा सर्वसम्मत प्रतिनिधि चयन

विराटचाेक: नेकपा एमाले कोशी प्रदेश कमिटीको आगामी १२ र १३ गते बिराटनगरमा हुने ऐतिहासिक प्रथम अधिबेशनकालागि सुन्दरहरैचा नगरपालिकाबाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ ।
जसमा खुल्ला तर्फ अर्जुनराज अधिकारी, अजम्बर राई, राजकुमार ओझा, पितकुमार श्रेस्ठ, लक्ष्मी फुयल, नागेश पोख्रेल,
केदारप्रसाद गुरगाई, सुरेन्द्रबहादुर थापा, इसानकुमार राइ, ज्ञानेन्द्र ओझा, बासुदेब थापा(नवीन), चन्द्र न्यौपाने र उमेश उप्रेती रहेका छन् । यस्तै खुल्ला तर्फकै युवा मा भोजबहादुर राई(उमेश) चयन भएका छन् । महिला तर्फ पूर्व उपप्रमुख धनमाया तामाङ सहित, टीका भट्टराई, बालिका पौडेल, बिष्णु न्यौपाने, दुर्गा निरौला,अञ्जु सिग्देल चयन भएका छन् महिला तर्फ (युवा) गोमा कट्वाललाई चयन गरेको हाे । आकाङ्क्षि धेरै रहेपनि सहमतिका आधारमा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।