फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैँचामा अटिजम भएका बालबालिका र अभिभावकलाई केयर टेकर सम्बन्धी तालिम

विराटचाेक: अटिजम भएका बालबालिकाका अभिभावकलाई केयर टेकर सम्बन्धी तालिम प्रदान गरिएको छ । सुन्दरहरैँचा नगरपालिकाकाे आयाेजनामा अटिजम भएका बालबालिकाहरुका अभिभावकलाई घरमा नै कसरी बच्चाको हेरचाह गर्न सकिन्छ र उनीहरूले देखाउने व्यवहार गहिरिएर नियाल्न र बुझ्न सक्ने बनाउन  तालिमकाे आयाेजना गरिएकाे उपप्रमुख अकली चाैधरीले बताउनुभयाे ।

कार्यक्रममा अटिजम केयर साेसाइटी विराटनगरका बालराेग विशेषज्ञ डा. सुमित घिमिरेले बच्चाकाे हेरचाह संगै घरमा भएका सामाग्रीहरूबाट अटिजम भएका बच्चालाई थेरापी गराउन मिल्ने कुराहरू सिकाईएकाे बताउनुभयाे । 

यस्तै  यसको उपचार थेरापी भएकाे र याे महंगो हुने र सबैकाे पहुँच नपुग्ने भएकाले यस्ता तालिमबाट सिकेर घरमै बच्चालाई पर्याप्त मात्रामा थेरापी गर्ने वातावरण सृजना गर्न सक्ने याे तालिमले बनाएको डा. घिमिरेले बताउनुभयाे । 

यसैगरी अहिले याे बढ्दो क्रममा रहेकाले यसकाे समयमै अभिभावकले थाहा पाउन महिला स्वयंसेविकाहरूलाई तालिम दिएर साधारण जाँच गर्न सक्ने बनाए समयमै राेग पत्ता लगाएर उपचार सहज गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो  ।

कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष भुवनसिंह मगरले समाज याे राेगकाे रूपमा दिखिन थालेको र धेरैलाई सताएकाे बताउदै यसकाे समयमै राेकथाम र उपचार विधि बारे जानकारी गराउन आवश्यक रहेकाे बताउनुभयाे । 

कार्यपालिका सदस्य रूजा घिमिरेले दुई दिनकाे तालिमबाट आफूले पनि केही सिक्ने अवसर पाएकाे भन्दै समाजमा यस्तो समस्या परेकाे ठाउँ गएर यसका विषयमा सल्लाह दिन सक्ने भएको बताउनुभयाे । 

यसैगरी अपाङ्गता क्षेत्रमा रहेर लामाे समयदेखि काम गर्दै आउनुभएकी अपाङ्गता महासंघ काेशी प्रदेश उपाध्यक्ष भिमा खतिवडाले नगरपालिकाले यस्तो कार्यक्रम आयाेजना गर्दा अत्यन्तै खुसीलागेकाे बताउनुभयाे । 

सामाजिक शाखा प्रमुख शान्ता घिमिरेलेले अपाङ्गताकै रूपमा बच्चामा हुने समस्या धेरै देखिन थालेकाले यसका विषयमा अभिभावकलाई सचेत र त्यस्ता बच्चाकाे हेरचाह गर्न सहयाेग पुगाेस भन्ने हेतुले कार्यक्रम राखिएकाे बताउनुभयाे । सुन्दरहरैँचामा हालसम्म १४ सय ६८ जनालाई अपाङ्गताकाे परिचयपत्र प्रदान गरिएको छ । याे तालिमा २० जना अभिभावक र बच्चाकाे सहभागीता रहेको थियो ।