विराटचाेक: सुन्दरहरैँचा नगरपालिकाले अपाङ्गता परिचयपत्र घुम्ती शिविर सुरू गरेको छ । शनिबार वडा नम्बर १ हरैँचामा एक कार्यक्रम गरी घुम्ती शिविर सुरू गरेकाे हाे । शिविर २७ गते शनिबार सम्म सञ्चालन हुने छ ।
उपप्रमुख अकली चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथि रहनुभएकाे थियाे । प्रमुख अतिथि नगरप्रमुख गुरागाईंले साे शिविरकाे उद्घाटन गर्नुभएको हाे ।
शिविरमा नयाँ ७ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । गाउँ समुदाय, विपन्न वस्तिमा रहेका अपाङ्गता भएका व्यक्तिकाे पहिचान गरी राज्यको तर्फबाट सहयाेग गर्न नागरिकलाई सहजताकाे लागि याे शिविर आयाेजना गरिएकाे बताईएकाे छ ।
अन्य वडामा क्रमशः १७ गते २ नम्बर वडाकाे स्वास्थ केन्द्रमा, १८ गते ११ नम्बर वडा कार्यालयमा, १९ गते ९ नम्बरकाे आदर्श चाेकमा, २० गते १२ नम्बर वडा कार्यालयमा, २१ गते १० नम्बरकाे आधारभूत स्वास्थ्य केन्द्रमा, २२ गते ८ नम्बरकाे कार्यालयमा सञ्चालन हुने छ ।
यसैगरी २३ गते ७ नम्बर वडा कार्यालयमा, २४ गते ३ नम्बरकाे लक्ष्मी नारायण मन्दिरमा, २५ गते ६ नम्बर काे आधारभूत स्वास्थ्य केन्द्रमा , २६ गते ५ नम्बर वडाकाे ज्येष्ठ नागरिक भवनमा, २७ गते ४ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।