विराटचाेक: सुन्दरहरैँचा नगरपालिकाले सञ्चालन गरेको अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर सम्पन्न गरेकाे छ । शनिबार ४ नम्बर वडा कार्यालयमा एक कार्यक्रम आयाेजना गरि शिविर सम्पन्न गरेको हाे ।
माघ १३ गतेदेखि सुरूभएकाे शिविरमा ४३ जनालाई परिचयपत्र वितरण गर्ने महिला तथा बालबालिका शाखा प्रमुख शावित्रा खड्काले प्रतिवेदन प्रस्तुत गर्दै बताउनु भयाे ।

यस्तै ७ जना हुइलचियर दिनुपर्ने अवस्थाका अपाङ्गता भएका व्यक्ति भेटिएका छन् । यसैगरी ८ जना नागरिकता प्राप्त गर्न बन्चित रहेकाे पाईएकाे छ ।
कार्यक्रममा बाेल्दै उपप्रमुख अकली चाैधरीले अपाङ्गता भए पनि गरिब र चेतनाको कमिले गर्दा खुल्न नचाहने भेटिएको बताउनुभयाे । बौद्धिक अपांगता भएका व्यक्तिलाई घरमै राख्ने र उनीहरूलाई राज्यले दिने अवसरबाट समेत बन्चित गरिएको अवस्था रहेकाले याे शिविरबाट त्यस्ता व्यक्तिले लाभ लिएकाे बताउनुभयो । उहाँले भन्नुभयाे ” हामीले डाक्टर सहित घरघर टाेलटाेल सम्म पुगेर यस्ता व्यक्तिलाई पहिचान गरि राज्यले दिने सेवा दिलाउन याे शिविर आयाेजना गरेका हाैँ ”

कार्यक्रममा वडाअध्यक्ष कैलाश बस्नेत, सन्ताेष लिङ्देन, कार्यपालिका सदस्य दुर्गा पाेख्रेल, नगर अस्पतालका डाक्टर सन्दिप पाेख्रेल , बाैधिक अपाङ्गता संङ माेरङ अध्यक्ष उर्मिला सुवेदी, वडा सदस्य, कर्मचारी, अपाङ्गता क्षेत्रका व्यक्तिहरूलगायतको सहभागीता रहेकाे थियो ।

कार्यक्रममा बाेल्दै बक्ताहरू अपाङ्गता हुने कुनै पाप नभएको भन्दै अहिले पनि गाउँ समाजमा यसलाई लुकाउने गरेकाे बताएका थिए । यस्तै वडाकाे तर्फबाट लक्षित वर्गले प्राप्त गर्ने सेवा सुविधाका विषयमा सधैं सहयोग रहने वडा अध्यक्ष बस्नेतले बताउनुभयाे ।

यस्तै वडाअध्यक्ष लिङ्देनले प्रभावकारी रूपमा याे शिविर संपन्न भएको र यस्ता कार्यक्रमलाई समय समयमा गर्नुपर्ने बताउनुभयाे । साे कार्यक्रमकाे संचालन सामाजिक विकास शाखाका प्रतिनिधि अनिल पाेख्रेलले गर्नुभएको थियो ।
