कोशी प्रदेश जीवनशैली फिचर समाचार स्थानिय

सुन्दरहरैँचामा एक महिने निःशुल्क योग शिविर शुरू

विराटचाेक:  मोरङको सुन्दरहरैँचामा श्रावण १ गतेदेखि एक महिने निःशुल्क योग शिविर शुरू भएको छ। “योग गरौं : स्वस्थ बनौं” भन्ने नाराका साथ आयोजना भएको यस शिविरको मुख्य उद्देश्य तनाव न्यूनीकरण तथा जीवन व्यवस्थापन रहेको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयाे ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, जेसीआई इन्द्रपुर, लोकशान्ति साकाेशकाे संयुक्त आयाेजनामा भएको शिविरमा  जीवन विज्ञान जिल्ला परिषद् मोरङकाे सहकार्य रहेको छ ।

 उर्जाध्यान शिविरमा सहभागी हुन चाहनेले नाम टिपाउनु पर्ने जानकारी दिइएको छ। शिविर इन्द्रपुर जेसीजको सभाहलमा भदौ १ गतेसम्म सञ्चालन हुने छ ।  यो शिविरले स्थानीय बासिन्दाहरूलाई योग र ध्यानको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको आयाेजकले जनाएको छ ।