विराटचाेक: पशुचौपायालाई लाग्ने रोगबाट बचाउन निःशुल्क खोप दिन थालिएको छ । सम्भावित महामारी फैलिन नदिनका लागि पि.पि.आर तथा खोरेत रोगविरूद्धको खोप अभियान सुन्दरहरैँचामा सुरू गरिएको हाे । वडा नम्बर १ मा रहेकाे दिप्सन कृषि फार्मबट बिहिवार खाेप अभियान कार्यक्रम सुरू भएको हाे । एकैपटक सबै वडामा याे अभियान सुरू हुने छ ।
अभियानकाे शुभारम्भ गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले कृषकले पालेका पशु चाैपायामा लाग्ने राेग नियन्त्रण गर्न र यसबाट हुने क्षति कम गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो । यसका साथै पशु नगर अस्पताल सञ्चालनकाे अन्तिम तयारीमा रहेकाे समेत बताउनुभयो । वडा नम्बर ४ मा पशु नगर अस्पताल सञ्चालन गर्नेगरी काम भईरहेकाे छ ।

गाईभैँसीलाई खाेरेत बिरूद्धकाे खाेप लगाईने छ भने बाख्रालाई पि.पि.आर बिरूद्धकाे खाेप लगाइने पशु प्रवर्द्धन शाखा प्रमुख किशाेर कार्कीले बताउनुभयाे ।

गर्भिणि र तीन महिना भन्दा कम उमेरका चाैपायामा भने याे खाेप नलगाई उहाँले बताउनुभयाे । डाक्टर र प्राविधिक सहित २२ जनाले सबै वडामा रहेका प्रत्येक किसानका घरघर पुगेर खाेप लगाउने छन् ।
जसमा ६५ हजार बाख्रा, २५ हजार गाई, ३ हजार ५ सय भाैंसीमा याे खाेप लगाउन लागिएको हाे । यस्तै आगामी कार्यक्रममा १४ हजार बङ्गुरलाई खाेप लगाइने प्रमुख कार्कीले बताउनुभयाे ।

अभियानमा उपप्रमुख अकली चाैधरी, वडा नम्बर १ का वडाअध्यक्ष राम विश्वास श्वास, वडा सदस्यहरू, पशु डाक्टर, प्राविधिक लगायतको उपस्थिति रहेको थियो ।
