कोशी प्रदेश फिचर समाचार

सुन्दरहरैँचामा बसकाे ठक्करबाट स्कुटर चालक गम्भीर घाइते 

मोरङकाे सुन्दरहरैँचामा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

सुन्दरहरैँचा नगरपालिका ७ स्थित ठडिया चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक उदयपुर त्रियुगाका दिपेन राई गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

 पूर्वबाट पश्चिम जाँदै गरेको बसले पश्चिमबाट पूर्व आउँदै गरेको स्कुटरलाई करिब ९ः३० बजे तिर ठक्कर दिंदा चालक राई गम्भीर घाइते भएको र उनलाई उपचारकालागि बिराटनगरस्थित नोबेल अस्पताल पठाईएको छ । घटना लगतै बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।