मोरङको सुन्दरहरैँचा नगरपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।
साेमवार दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साइकल यात्री स्थानीय ७९ वर्षीय डम्बरुप्रसाद निरौलालाई ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका निरौलालाई उपचारको लागी विराटनगर नोबेल अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बसका चालक सुनसरीको धरान उपमहानगरपालिका-२० का बल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रण लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । – फायल तस्बिर