विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा मकै खेती प्रवद्वर्धन कार्यक्रम अन्तर्गत कृषक समूहलाई मकैकाे बीउ तथा मकै राेप्ने, छाेडाउँने सामाग्री हस्तान्तरण गरिएकाे छ ।
नगरपालिकाकाे कृषि शाखाले ५० प्रतिशत अनुदानमा रू ४ लाख बराबरकाे सामाग्री हस्तान्तरण गरेको हाे । नगरपालिकाले कृषकलाई प्रदान गरेको बीउ तथा कृषि समाग्रीकाे सहि रूपमा सदुपयाेग गरेर कृषि पेशालाई भरपर्दो आयस्रोत बनाउँन आवश्यक भएको नगर उपप्रमुख अकली चाैधरीले बताइन् । उनले कृषककाे खेतीपातीमा अनुगमन गरि समाग्रीकाे उचित प्रयाेग भए नभएको जानकारी लिने उल्लेख गरिन् । ११ वटा कृषक समूहलाई अनुदानमा रामपुर १०, मकैकाे हाइब्रिड बिउ ७५० के.जि तथा मकै राेप्ने ८ थान , मकै छोडाउने ८ थानका सर- सामाग्री हस्तान्तरण गरिएको नगर कृषि शाखा प्रमुख फणीन्द्र भट्टराईले बताए ।